ad ad

कारोबार


अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको भाउ घट्यो

अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको भाउ घट्यो

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०८० बिहिबार ५:२५, काठमाडौँ

अमेरिकी डलर, युरो, पाउन्ड र दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसा निर्धारण भएको छ। 

हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २८ पैसा थियो।

त्यसैगरी आज युरो १ को खरिदर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५२ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ १४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा थियो।

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५० पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ १९ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .