कारोबार


अमेरिकी डलर, दिनार, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्दा युरोको बढ्यो

अमेरिकी डलर, दिनार, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्दा युरोको बढ्यो

नेपालखबर
माघ १७, २०८० बुधबार ५:२२, काठमाडौँ

अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनार, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्दा युरोपियन युरोको भाउ भने बढेको छ। 

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। 

हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा थियो।

त्यसैगरी आज युरो १ को खरिदर १४३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ।  हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा थियो। 

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६४ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४३३ रुपैयाँ २८ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .