कारोबार


काठमाडौं–तराई द्रुतमार्ग ठेक्का : भारतीय कम्पनीले हाल्यो राज्यव्यवस्था समितिमा उजुरी

काठमाडौं–तराई द्रुतमार्ग ठेक्का : भारतीय कम्पनीले हाल्यो राज्यव्यवस्था समितिमा उजुरी

काठमाडौं–तराई द्रुतमार्गमा बन्दै गरेको पुल


नेपालखबर
माघ १६, २०८० मंगलबार २१:४७, काठमाडौँ

काठमाडौं–तराई जोड्ने द्रुतमार्गको ठेक्कामा अयोग्य बोलपत्रदाताको पुनर्मूल्यांकन हुनुपर्ने मागसहित भारतीय कम्पनी रेल विकास निगम लिमिटेड (आरभीएनएल)ले संसदीय समितिमा उजुरी हालेको छ।

आरभीएनएलका जनरल मेनेजर बीएस जर्यालले संसदको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई सम्बोधन गर्दै अयोग्य बोलपत्रदाताको पुनर्मूल्यांकन गरिनुपर्ने माग गरेका हुन्।

यसअघि द्रुतमार्गको आठौँ प्याकेज ‘बी’को ठेक्कामा तीन कम्पनी प्राविधिक रुपमा छनोट भएका थिए। तिनमा केएमसी इन्डिया, आरभीएनएल–एबीएल र पोलिचाङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेड चाइना छन्।

‘हामी भारत सरकारको व्यावसायिक संस्था (नवरत्न कम्पनी) हौँ र स्वच्छ व्यावसायिक अभ्यासमा विश्वास गर्छौं’ उजुरीमा भनिएको छ, ‘यसैसाथ हामीले निम्न सूचनाहरु पुनर्विचारका लागि समावेश गरेका छौँ।’

उजुरीमा प्रक्रियाअनुसार नआउने बोलपत्रदाताबारे पुनर्मूल्यांकन गर्न सहयोगको याचना गरिएको छ। यो द्रुतमार्गको आठौं प्याकेज बीको ठेक्काबारे हो। आरएनभीएलले नेपालको कानुन पालना गर्दै नेपाल सरकार र नेपाली सेनाको आशा र अपेक्षा पूरा गर्ने पनि जनाइएको छ।

यता उजुरीपछि सभापति खतिवडाले भने यही १६ गते रक्षा मन्त्रालयमा लेखिपठाउन सचिवलाई सिफारिस गरेका छन्।

गत पुस २ मा द्रुतमार्ग आयोजनाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।

बोलपत्रअनुसार ठेक्कामा छनोट हुने कम्पनीले उक्त प्याकेजमा दुई लेनको ड्युअल क्यारिएजवे स्ट्यान्डर्ड एक्सप्रेसवे सडक, सुरुङ, पुल, स्लोब स्टेबिलाइजेसन लगायतका काम गर्नुपर्नेछ।

ठेक्काअन्तर्गत कम्पनीले ३३ करोड २ लाख ४२ हजार ६ सय रुपैयाँ धरौटी राख्नुपर्ने र त्यसको अवधि १२० दिन हुने भनिएको थियो। बोलपत्रअनुसार आवेदन शुल्क २० हजार रुपैयाँ रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .