ad ad

कारोबार


हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ गर्न दिन सर्वोच्चको परमादेश

हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ गर्न दिन सर्वोच्चको परमादेश

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८० शुक्रबार १८:५४, काठमाडौँ

हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलमा आफ्नो विमानको ‘ग्राउन्ड ह्यान्डलिङ’ गर्न पाउने भएको छ। 

सर्वोच्च अदालतले यससम्बन्धी मुद्दामा सरकारलाई परामादेश जारी गरेको हो।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले हिमालय एयरलाइन्सको पक्षमा फैसला गरेको हो।  

हिमालय एयरलाइन्स प्रा.लि र विजयबहादुर श्रेष्ठले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन विमानस्थल कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए। 

ग्राउन्ड ह्यान्डलिङ तथा भूमिस्थ सेवा सञ्चालन निर्देशिकाअनुसार हप्तामा ३५ नियमित उडान गर्ने कम्पनी आफैँले ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था छ। 

तर हिमालय एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङको उपकरण खरिद गरे पनि नदिएको भन्दै मुद्दा दायर गरेको थियो। 

हिमालय एयरलाइन्सले २०७९ फागुन ४ गते प्राधिकरणविरुद्ध मुद्दा दायर गरेको थियो। १३ पटक पेसी तारेखपछि बारम्बार हेर्न नभ्याइने भन्दै पन्छाइएको मुद्दाको फैसला भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .