ad ad

कारोबार


प्राधिकरणले काटेका उद्योगहरुको बिजुली लाइन जोडिने

प्राधिकरणले काटेका उद्योगहरुको बिजुली लाइन जोडिने

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८० मंगलबार १६:५९, काठमाडौँ

सरकारले नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरेको भन्दै काटिदिएका उद्योगहरुको बिजुली लाइन हाललाई जोडिदिने निर्णय गरेको छ। 

उद्योगहरुले डेडिकेटेड र ट्रंकलाइनबाट प्रयोग गरेको बिजुलीको बक्यौता महशुल नतिरेको भन्दै प्राधिकरणले लाइन काट्न थालेपछि उद्योगी र प्राधिकरणबीच विवाद बढिरहेको थियो।  

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन जोडिदिने निर्णय गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउने र उद्योगहरुको लाइन जोडिदिने निर्णय बैठकले गरेको छ।’

यसैबीच, सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड  र ट्रंकलाइन बक्यौता शुल्क समस्या समाधानको लागि छानबिन आयोग समेत बनाउने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .