कारोबार


प्रधानमन्त्रीको निर्देशन : सहकारी पीडितहरू घर न घाटका भए, समाधानको प्रस्ताव ल्याउनूस्

प्रधानमन्त्रीको निर्देशन : सहकारी पीडितहरू घर न घाटका भए, समाधानको प्रस्ताव ल्याउनूस्

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस २३, २०८० सोमबार १६:११, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकाले समस्या समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्। 

सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

'सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्', उनले भने। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्नेगरि निर्णय गरेर जानुपर्ने बताए।

बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सहकारीको समस्या सम्बोधन गर्न सहकारीको नियमन गर्न निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यवहारिक रूप दिन आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad