कारोबार


टाटा मोटर्स ‘फन कार्निभल’ पुस २० देखि

टाटा मोटर्स ‘फन कार्निभल’ पुस २० देखि

नेपालखबर
पुस १७, २०८० मंगलबार १७:१२, काठमाडौँ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ।

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिनेछ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ।

मेला यहि पुस २० देखि २२ गतेसम्म उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स् महाराजगंज जेबी मोटर्स् बालकुमारी, सिप्रदी ट्रेडिङ्ग प्रालि राधेराधे, भक्तपुर र उपत्यका बाहिर इटहरी र धनगढीमा आयोजना गर्न लागिएको हो ।

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार यस कार्निभलका मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो।

यस कार्यक्रमको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad