सिद्धार्थ बैंकले दाङको लमही शाखाको औपचारिक उद्घाटन गरेको छ।
बैंकको लमही शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर केसीबाट भएको थियोे। बैंकले उक्त शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ।
प्रतिक्रिया