ad ad

कारोबार


अदालतले खारेज गरिदियो एआईलाई पेटेन्ट अधिकार दिनुपर्ने माग

‘पेटेन्ट अधिकार केवल व्यक्तिको हुन्छ, एआईले लिन सक्दैन’
अदालतले खारेज गरिदियो एआईलाई पेटेन्ट अधिकार दिनुपर्ने माग

फाइल तस्बिर


नेपालखबर
पुस ६, २०८० शुक्रबार १३:३०, काठमाडौँ

बेलायती सर्वोच्च अदालतले आर्टिफिसियल इन्टेलिजेन्ट (एआई–कृत्रिम बौद्धिकता)ले पेटेन्ट अधिकार लिन नसक्ने फैसला गरेको छ। 

बीबीसीका अनुसार एआईलाई पेटेन्ट अधिकार दिनुपर्ने भनी दायर मुद्दामा फैसला गर्दै अदालतले मानिसले मात्रै पेटेन्ट अधिकार पाउने बताएको हो। 

प्राविधिक डा. स्टिफन थेलरले आफ्नो डाबस नामक एआईलाई खाद्य कन्टेनरको आविष्कारक भन्दै पेटेन्ट अधिकार माग गरेका थिए। सन् २०१९ मा बेलायतको बौद्धिक सम्पत्तिको कार्यालय (आईपीओ)ले त्यसलाई अस्वीकार गरेको थियो। 

उक्त निर्णयलाई त्यहाँको उच्च र पुनरावेदन दुवै अदालतले मान्यता दिएका थिए। सर्वोच्चले ती दुवै अदालतको निर्णयलाई सदर गरिदिएको हो।

थेलरले भने डाबस आफैँमा मेसिन बौद्धिकताको एउटा ‘सेन्टिमेन्ट फर्म’ रहेको र चेतनशील भएकोले पेटेन्ट अधिकार दिन माग गरेका थिए। तर सर्वोच्चका पाँच न्यायाधीशले उनको मागलाई अस्वीकार गरिदिएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .