आगामी शुक्रबारदेखि काठमाडौंको भृकुटीपण्डपमा ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०’ आयोजना हुने भएको छ।
फर्टेक्स ट्रेड फेअर एण्ड इभेन्टस प्रा. ली र मिडिया स्पेस सोलुसन्सले मंगलबार पत्रकार सम्मेलन गरी संयुक्तरुपमा प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी गराएका हुन्।
मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक सृजल भट्टराईले प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ प्रविधिहरु राखिने बताए। उनले विभिन्न १५ देशका ३ सय भन्दा बढी ब्राण्डसहितका २ सय स्टल रहने जानकारी समेत दिए। प्रदर्शनीले विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन सहयोग पु-याउने भट्टराईले बताए।
प्रदर्शनीबाट घर बनाउन चाहने व्यक्ति, आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर्स, विल्डर्स तथा इन्टेरियर डिजाइनर लगायतले फाइदा लिन सक्ने छन्। प्रदर्शनी यही माघ २४ देखि २६ गते सम्म चल्ने छ।

प्रतिक्रिया