कारोबार


सरकारले बढायो उखुको मूल्य, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

सरकारले बढायो उखुको मूल्य, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

सर्लाहीकाे हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग/फाइल तस्बिर


नेपालखबर
पुस ४, २०८० बुधबार १५:१३, काठमाडौँ

सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेकाे छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको लागि उखुकाे समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो। यो मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल २५ रुपैयाँले बढी हो।

सरकारकी प्रवक्तामसेत रहेकी सञ्चारमन्त्री रेखा शर्माका अनुसार निर्धारित मूल्यमा व्यावसायीले ५६५ रुपैयाँ व्यहोर्नेछन्। त्यसमा सरकारले ७० रुपैयाँ थप गरेर किसानलाई प्रतिक्विन्टल ६३५ रुपैयाँ दिने निर्णय भएको हो।

किसानले यस वर्षको लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ माग गर्दै आएका थिए। उखुको न्यायोचित मूल्य माग गर्दै सर्लाहीका किसानले विगत दुई सातादेखि चरणवद्ध सडक संघर्ष गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .