ad ad

कारोबार


वायुसेवा निगमका कर्मचारीको आन्दोल स्थगित

वायुसेवा निगमका कर्मचारीको आन्दोल स्थगित

फाइल फोटो


नेपालखबर
पुस २, २०८० सोमबार १५:५, काठमाडौँ

नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ।

सोमवार १३ औं दिनको दिनबाट उनीहरूले आन्दोलनका कार्यक्रमहरू हालका लागि स्थगित गरेका हुन्।

उनीहरुले आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग छलफल गरेसँगै हालका लागि आन्दोलन स्थगित भएको बताए। सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीसँगको भेटमा मन्त्री किरातीले ग्राउन्ड ह्याडलिङको विषयमा मन्त्रिपरिषद्‍बाटै निर्णय हुने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित गरेको बताए।

मन्त्री किरातीले नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्याडलिङलाई सुरक्षित गर्ने र निर्णय गर्दा मन्त्रिपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन गर्ने निर्णय भएको बताए। मन्त्रालयले ग्राउन्ड ह्याडलिङको बारेमा नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको र ग्राउन्ड ह्याडलिङको विषय सरकारले स्वामित्व लिने प्रतिवद्धता जनाएको बताए।

उनले भने, ‘हामी २० गतेबाट हाम्रा तालुक निकायहरूलाई जानकारी गराइकन हामीले संयुक्त रुपमा वायसेवा निगममा कार्यरत चार वर्ट क्रियाशील ट्रेड युनियनहरूको संयुक्त  ट्रेड युनियन संघर्ष समिति गठन गरेर आन्दोलन गरेका थियौँ। यस क्रममा सरोकारवाला पक्षसँग छलफल गरेका थियौँ। १२ औं दिनमा सबैले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल गरेका थियौँ।’

उनले थपे, ‘नेपाल वायुसेवा निगमले गर्दै आएको ग्राउन्ड ह्याडलिङको विषयलाई निर्णय गर्दा नेपाल सरकार मन्त्रिपरिषद्ले स्वामित्व लिनेछ, यो विषयमा कुरा गरेपछि हामीले केही लिखित कुरा दिनुस् भन्यौँ। त्यसपछि हामी यो कार्यक्रममो मोडालिटी चेन्ज गर्छौं भन्यौँ र उहाँले चिठी पठाउनु भयो र यो आन्दोलनलाई रोक्ने र नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र भोलि निर्णय गर्दा मन्त्रिपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन भनेका छौँ।’

नेपाल वायुसेवा निगम माथि पटकपटक गरिने आक्रमण बन्द गर्न पनि उनले आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .