ad ad

कारोबार


युएईको एआई अन्सारी एक्सचेन्जबाट एनआईसी एशिया बैंकमार्फत रकम पठाउन सकिने

युएईको एआई अन्सारी एक्सचेन्जबाट एनआईसी एशिया बैंकमार्फत रकम पठाउन सकिने

नेपालखबर
पुस १, २०८० आइतबार १९:३७, काठमाडौँ

रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरूले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिया बैंक र एआई अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी भएको छ।

समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरू तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने दुवै साझेदारको विश्वास रहेको छ।

साझेदारी कार्यान्वयनमा आए पश्चात् अब एआई अन्सारी एक्सचेन्जबाट सो बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ।

भौतिक रुपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रुपमा दरिलो उपस्थिति रहेको उक्त एआई अन्सारी एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ।

साथै, बैंकको मोबाइल बैंकिङ्ग एपभित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रेसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .