ad ad

कारोबार


माछापुच्छ्रे बैंकले घटायो ब्याजदर, अब कति?

माछापुच्छ्रे बैंकले घटायो ब्याजदर, अब कति?

नेपालखबर
मंसिर २६, २०८० मंगलबार ९:४८, काठमाडौँ

माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले आज (मंसिर २६ गते) बाट नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक भएको हो।

मंसिर महिनाका लागि ब्याजदर बढाउने एक मात्र बै‌ंक बनेको माछापुच्छ्रेले पुस नलाग्दै ब्याजदर घटाएको हो।

बैंकले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगततर्फ ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत कायम गरेको छ। 

बैंकले साधारण बचत खातामा न्युनतम ४.६० देखि अधिकतम ६.६० प्रतिशत कायम गरेको छ। 

रेमिटेन्स बचत खाता भने ७.६० प्रतिशत ब्याजदर कायम गरेको छ। त्यसैगरी रेमिटेन्स मुद्दती खाताका लागि १०.६० प्रतिशत ब्याजदर दिने जनाएको छ।

यसअघि कुमारी, एनएमबी, एनआईसी एसियालगायत बैंकले ब्याजदर घटाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .