ad ad

कारोबार


नेपाल एयरलाइन्सको विमान ‘ग्राउन्डेड’

नेपाल एयरलाइन्सको विमान ‘ग्राउन्डेड’

नेपालखबर
मंसिर १७, २०८० आइतबार २१:३, काठमाडौँ

नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्विन अट्टर जहाज मुगुको विमानस्थलमा ग्राउन्डेड भएको छ।

तीनजना यात्रु र विमान चालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो।

उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो।

जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाई चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएकाले थियो। 

नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगञ्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसन इञ्चार्ज नेत्र भामले जानकारी दिए।

नेपालगञ्जका लागि नेपाल एअरलायन्सको टिकट लिएका यात्रुहरू ताल्चाका होटेलहरूमा आज बास बसेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .