सुनको मूल्यले उचाइ लिएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो।
आइतबार यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी रहेको महासंघले जनाएको छ। शुक्रबारको तुलनामा प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको हो।
आइतबार तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ।
147
Shares
प्रतिक्रिया