ad ad

कारोबार


सेयरबजारमा ११.२७ अंकको करेक्सन, कारोबार १ अर्ब ७५ करोडमाथि

सेयरबजारमा ११.२७ अंकको करेक्सन, कारोबार १ अर्ब ७५ करोडमाथि

नेपालखबर
मंसिर ११, २०८० सोमबार १६:८, काठमाडौँ

पछिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजारमा आज (सोमबार) भने करेक्सन देखिएको छ। सेयर कारोबार मापन परिसूचक नेप्से ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा झरेको हो।

तीन कारोबार दिनमा ७८ अंकले बढेको बजारमा आज ११.२७ अंकको करेक्सन देखिएको हो। तिहारपछि बजार साढे १८ सय विन्दुबाट निरन्तर बढेर १९ सय नाघ्न सफल भएको थियो। तर, आज सामान्य अंकको गिरावट आउँदा बजार १९ सय विन्दु तल झरेको छ।

आज १९०९ विन्दुमा खुलेको बजार सुरुवाती समयमा उकालो लाग्दै १९२६ विन्दुसम्म पुगे पनि अडिन सकेन।

नेप्सेमा करेक्सन आउँदा कारोबारसमेत खुम्चिएको छ। आज बजारमा १ अर्ब ६९ करोडको कारोबार भएको छ।

आइतबार नेप्सेमा १ अर्ब ९९ करोडको कारोबार भएको थियो।

तिहारअघि दैनिक १ अर्बभन्दा कमको कारोबार भएको बजारमा अहिले २ अर्बनजिक देखिएको छ।

आज सामान्य अंकले घटेको बजारमा ६५ कम्पनीको सेयरमूल्य बढेको छ भने १६६ कम्पनीको घटेको छ। ८ कम्पनीको सेयरमूल्य भने स्थिर देखिएको छ।

आज अपर सांगे हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। उक्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३४७ रुपैयाँ पुगेको छ।

त्यसैगरी अभियान लघुवित्तको सेयरमूल्य ७.७७ प्रतिशतले बढेको छ।

सोनापुर मिनरलको सर्वाधिक ७ करोड ७७ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६० लाखको कारोबार भएको छ।

स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.०४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .