ad ad

कारोबार


मनिप्लान्ट सहकारीले गर्‍यो सबैभन्दा बढी आयकर दाखिला

मनिप्लान्ट सहकारीले गर्‍यो सबैभन्दा बढी आयकर दाखिला

नेपालखबर
मंसिर ७, २०८० बिहिबार २२:१, काठमाडौँ

आन्तरिक राजस्व कार्यालयले मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान गरेको छ।

राष्ट्रिय कर दिवस २०८० को अवसरमा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय कोटेश्वरले बिहीबार सम्मान पत्रसहित संस्थालाई कदर गरेको हो।

विभागका महानिर्देशक दीर्घराज मैनाली र प्रमुख कर अधिकृत गणेशप्रसाद अर्यालले हस्ताक्षर गरेको सम्मानपत्रमा संस्थालाई सम्बोधन गर्दै लेखिएको छ– आर्थिक वर्ष २०७८/७९ मा यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्नुभएकोले राष्ट्रिय कर दिवस २०८० को अवसरमा कदर स्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ।

मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले भर्खरै १४ वर्ष पार गरेको छ।

संस्थाका अध्यक्ष ईन्द्रमणि पोखरेल हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .