ad ad

कारोबार


बैंकको ऋण बढी लिनेले तिर्दिनँ भन्न मिल्दैन : अर्थमन्त्री महत

बैंकको ऋण बढी लिनेले तिर्दिनँ भन्न मिल्दैन : अर्थमन्त्री महत

नेपालखबर
मंसिर ६, २०८० बुधबार २१:२३, काठमाडौँ

अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन्।

बुधबार भक्तपुरमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताएका हुन्। 

ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन प्रवृति गलत भएको बताउँदै उनले बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरुलाई नीतिगत रुपमा राज्यले हेर्ने बताए। 

‘लगानी गरेको ठाउँबाट प्रतिफल आएन। पैसाको कारोबार नहुँदा बैंकको ऋण तिर्न नसक्दा अन्योल सिर्जना भएको छ। जसले सबै भन्दा ठूलो ऋण लिएको छ। उसैले तिरदिन भनेर हिँडिरहेको छ। ऋण लिन तिरदिन भन्ने? तर जसले ऋण लिएर गर्दागर्दै पनि समस्यामा परेका छन्। त्यसलाई राज्यले हेर्छ। तर ऋण लिएर १० ठाउँमा लगाउने ऋण तिरदिन भन्ने हुँदैन,’ उनले भने।

बदमासी नगर्ने तथा व्यवसाय गर्दा गर्र्दै समस्या परेकाहरुको लागि राज्यले सहजिकरण गर्न तयार रहेको बताउँदै उनले पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको पनि बताए। 

‘हिजोको समय सुनौलो युग थियो भन्नु गलत हो। त्यो बेला आधा मानिसहरू खाली खुट्टा हिँड्ने गर्थे। तर अहिलको व्यवस्थाले धेरै परिवर्तन आएको छ। अझै धेरै गर्नुपर्ने हो तर भएको छैन। अहिलेसम्म भएको उपलब्धि यही लोकतान्त्रिक पद्धतीमार्फत सम्भव छ। आज जुन प्रवृतिले बोलि रहेको छ। यो प्रवृतिले हिजो बोल्न दिएका थिएनन्। अहिलेको व्यवस्थाले बोल्न सबैलाई दियो। अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको छ भने त्यो गलत हुन्छ। सफल हुँदैन,’ उनले भने।

कोभिड महामारी, भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको उनले बताए। नेपालका राम्रो रेमिट्यान्स र पर्यटन आगमन उच्च रहेकाले अर्थतन्त्रमा थप सकारात्मक बन्ने अवस्थामा रहेको बताउँदै उनले सरकारले देशका ठूला सडकमा मात्रै लगानी गर्नसके पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्ने विश्वास रहेको बताए।

‘बीपी कोईरालाले भन्नुभएको थियो। जब सत्यको मुख बन्द हुन्छ त्यसपछि झुटोको थुतुनो चल्छ। थुतुनो चलाउनेसँग किन बोल्ने भनेर चुप बस्यो भने बोल्नेको सामराज्य चल्छ। बोल्ने मान्छेको कुरा सत्य रहेछ भनेर मानिसहरू पछि लाग्छन्। हामीले सत्य बोल्न छाड्नु भएन। सत्यको मुख खोल्न थालेपछि झुटो थुतुनु बन्द हुन्छ। झुटहरूको मुख बन्द गर्न जरुरी छ। जुन संघर्ष, मेहनत र योगदानबाट लोकतन्त्र स्थापना गरेका छौँ,’ उनले भने।

बैंकहरुबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरुले धेरै लगानी जग्गा, शेयर र क्रिप्टोमा पनि लगानी गरेकाले बजारमा केही समस्या रहेको अर्थमन्त्रीको भनाइ छ।

‘नेपालको अर्थतन्त्र कोभिडबाट प्रभावित भयो। महाभूकम्पको असर भोग्यौं। त्यसका बाबजुत अहिले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा गइरहेको छ। रेमिट्यान्स आइरहेको छ। अहिले नेपालमा पर्यटनहरु सबै भन्दा धेरै आएका छन्। अझ आउने क्रम जारी छ। देशका ठूला सडकमा मात्रै लगानी गर्न सक्यौं भने पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्छ। बैंकहरूबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरूले धेरै लगानी जग्गा, शेयर र क्रिप्टोमा पनि लगानी गरे भन्ने आएको छ। त्यसको अनुसन्धान भइरहेको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .