ad ad

कारोबार


नेपाल लाइफको पहिलो त्रैमासमा १५ करोड ७९ लाख नाफा

नेपाल लाइफको पहिलो त्रैमासमा १५ करोड ७९ लाख नाफा

नेपालखबर
कात्तिक २६, २०८० आइतबार १६:२१, काठमाडौँ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आ.व को पहिलो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १०.२५ प्रतिशतको वृद्धि भएकोे छ।

यस त्रैमासकको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ७९ करोड ३३ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको अन्त्यसम्मको आधारमा २१.८१ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको अन्त्य सम्ममा करिब १ खर्ब ६५ अर्ब ५२ करोड रुपैयाँ रहेको ग्रस इन्स्योरेन्स कन्ट्राक्ट लायबिलिटिज ५.८६ प्रतिशतले बढि करिब १ खर्ब ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

महाबिपत्ती कोषमा १ अर्ब २ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको अन्त्यसम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो। कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको छ।

आश्विन मसान्तसम्म कम्पनीले १ खर्ब ७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ।

प्रकाशित विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी उलेख्य रूपमा घटेको छ। गत आर्थिक वर्षको अन्त्यमा करिव १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दाबी वापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.३५ प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको छ।

कम्पनीले सूचना प्रविधिको विकासलाई अंगिकार गर्दै अनलाइन माध्यमबाट नै दाबी भुक्तानी गर्ने प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याई सकिएकोले आगामी दिनमा दाबी भुक्तानी प्रक्रिया झन् सरल हुन गई ग्राहकहरु लाभान्वित हुने कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन्।

अहिलेको विषम परिस्थितिमा जीवन बीमा बजारको लिडरको रूपमा आफूलाई स्थापित गराउन सफल यस कम्पनीले आश्विन मसान्त सम्ममा १० अर्ब ९३ करोड कुल बीमाशुल्क आर्जन गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो।

यसै, गरी कम्पनीले आश्विन मसान्त सम्ममा १ अर्ब ५८ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ जुन समीक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी हो। ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.७ रुपैयाँ रहेको छ।

यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी ८३.१४ गुणा, प्रति सेयर कुल सम्पत्तिको मूल्य २,३०७ रुपैयाँ रहेको छ।

समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनु कम्पनीको सबल पक्ष रहेको कम्पनीको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .