ad ad

कारोबार


विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो, सबैभन्दा बढी मधेश प्रदेशमा

विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो, सबैभन्दा बढी मधेश प्रदेशमा

नेपालखबर
कात्तिक २५, २०८० शनिबार १३:१८, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ। गत १२ कात्तिकबाट विद्युत्  महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ। लाइन काटिएका ग्राहकको बक्यौता रकम झन्डै ६२ करोड रुपैयाँ छ। 

असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटिरहेका छन्। 

यस अवधिमा सबैभन्दा बढी मधेश प्रदेशमा लाइन काटिएको छ। मधेश प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन्। उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ छ। 

कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रले महसुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन्। उक्त ग्राहकको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ छ। 

लुम्बिनी प्रदेश डिभिजनल कार्यालय, नेपालगन्ज मातहतका वितरण केन्द्रले ४ हजार १८ ग्राहकको लाइन काटेका छन्। उनीहरुको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ। 

लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन्। उनीहरुको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ। 

बागमती प्रादेशिक कार्यालय, काठमाडौँ मातहतको वितरण केन्द्रले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ। 

गण्डकी प्रादेशिक कार्यालय, पोखराले महसुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ। बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ। 

बागमती प्रदेश डिभिजनल कार्यालय, हेटौँडा मातहतका वितरण केन्द्रले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ। 

सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ। 

कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रले ६ सय २४ ग्राहको लाइन काटेका छन्। बक्यौता रकम ९१ लाख रुपैयाँ छ।
प्राधिकरणले  तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने जनाएको छ। 

विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ। मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका  दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ। मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ। 

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा  लाइन काट्ने व्यवस्था छ। लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ। 

प्राधिकरणले विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताको चरणबद्ध रुपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .