ad ad

कारोबार


चारवटा प्रदेशका मुख्यमन्त्री र मन्त्रीसँग आयोगले लियो सुझाव, अब स्थानीय तहसँग

चारवटा प्रदेशका मुख्यमन्त्री र मन्त्रीसँग आयोगले लियो सुझाव, अब स्थानीय तहसँग

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार ११:३६, काठमाडौँ

राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि सुझाव लिन पहिलो चरणमा ४ प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ।

आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेश, बागमती, गढडकी र सुदुरपश्चिममा सुझाव संकलन गर्दैछन्। 

आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो।

छलफलमा गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरु सहभागी थिए।

अब मंगलबार महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखसहित प्रदेशस्तरीय तथा निजी क्षेत्रसमेतको सहभागितामा सुझाव लिइने सदस्यले फुयाँलले जानकारी दिए। 

उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदूपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहनेछ।

‘१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौँ’ सदस्य फुयाँलले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री राखेर छलफल गर्यौँ, आज त्योभन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख-उपप्रमुख र निजी क्षेत्रको सहभागिता रहनेछ।’

आयोगले मधेश प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ।

बागमतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदुरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .