ad ad

कारोबार


आईएमई ग्रुपले भूकम्प प्रभावितलाई एक करोड पचास लाख सहयोग गर्ने

आईएमई ग्रुपले भूकम्प प्रभावितलाई एक करोड पचास लाख सहयोग गर्ने

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १८:३४, काठमाडौँ

आईएमई ग्रुपले भूकम्प प्रभावितहरूलाई एक करोड पचास लाख सहयोग प्रदान गर्ने भएको छ।

ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेसन मार्फत भूकम्पबाट प्रभावितहरूको लागि सो नगद सहयोग रकम प्रदान गर्ने भएका हुन्।

जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने ग्रुपले जनाएको छ।

शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। सो क्षेत्रमा आईएमई ग्रुप तथा  आईएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने छन्।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आईएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि हरसम्भव सहयोगका लागि जुटेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .