ad ad

कारोबार


गभर्नर भन्छन्– नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरीमा छ

गभर्नर भन्छन्– नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरीमा छ

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १५:४६, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरिमा परेको बताएका छन्।

शनिबार नेपाल आर्थिक पत्रकार संघको १५औं वार्षिकोत्सवमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र सकरात्मक दिशामा अघि बढ्ने समयमा आन्तरिक तथा अन्तर्राष्ट्रियसँगै समस्याले अफ्ठ्यारो पार्ने गरेको बताए। 

उनले पछिल्लो समय अन्तर्राष्ट्रिय तथा आन्तरिक रुपमा नेपालको अर्थतन्त्रमा अनिश्चिताको भुमरि देखिएको बताए। उनले नेपालको अर्थतन्त्रमा भूकम्प र कोभिड महामारीले ठूलो असरपछि अन्तर्राष्ट्रिय रुपमा भएका रुस र युक्रेनको युद्ध नरम हुन नपाउँदै अर्को इजरायल र हमासको युद्ध र शुक्रबारको भूकम्पले थप असर पार्ने बताए। 

‘मुलुकको अर्थतन्त्र विश्व परिवेशमा हेर्दा केही वर्षदेखि अनिश्चिताको बीचमा भूमरिमा परिरहेका छौं। एउटा समस्या सकियो फेरी अर्को समस्या आउने गरेको छ। भूकम्प र कोभिड महामारीले ठूलो असर ग¥यो। अन्तर्राष्ट्रिय रुपमा भएका रुस र युक्रेनको युद्ध नरम भएर अर्थतन्त्र लयमा आउँछ भनेको समयमा खाडीतिर अर्को युद्धका कारण विश्वमा नै त्यो खालको अनिश्चिता देख्छौं,’ उनले भने, ‘शुक्रबार बेलुका फेरि पश्चिम नेपालमा भुकम्पले ठूलो क्षती पु¥याएको छ। यसले गर्दा पनि नेपालमा समय–समयमा ठूलो समस्या ल्याइरहेको छ। यस्तो हुँदा पनि नेपालको अर्थतन्त्रमा केही राम्रा कुराहरू छन्, जसलाई हामीले अगाडि ल्याउन सकिरहेका छैनौं। 

गर्भनर अधिकारीले वाह्य क्षेत्र सकरात्मक हुँदा त्यसको फाइदा लिन सक्नुपर्ने पनि बताए। उनले सप्लाई चेन र बजारमूल्य निर्धारणको कारण मूल्यवृद्धि हुने गरेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुंग्याउँदा अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने पनि बताए।

‘नेपालमा नकारात्मक कुराहरू बढी बाहिर आउने गरेको छ। अर्थतन्त्रका मुख्य ४ वटा क्षेत्रहरूमध्ये बाह्य क्षेत्रमा हामी कहाँ छौं। कुनै समय २० प्रतिशतले घटेको सञ्चिति २५ प्रतिशतले बढेर १२.७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चितिको क्षमता हामीसँग छ। विश्वका धेरै देशहरूमा यस्तो अवस्था हुन्छ। १०.३ प्रतिशत आयात र सेवालाई धान्ने क्षमता छ। यसले राज्यको अवस्था जनाएको छ हामीले त्यसलाई प्रयोग गर्न सक्नुपर्छ। हाम्रो अर्थतन्त्रको समृद्धि र आयोजनाको लागि स्पेस दिएको छ,’ उनले भने, ‘यस्ता सकारात्मक पक्षहरूलाई इग्नोर गर्न मिल्दैन। मूल्यवृद्धिको क्षेमा हामीले आशा गरेको भन्दा बढी छ। त्यले नीति बनाउने कुरामा कठिनाई गरिरहेको छ। मूल्यवृद्धि नीनिगत र मौद्रिक नीतिले कन्टोल गर्न सक्दैन। हामीलाई अरु सिमितताहरू छन्। बजारको मूल्य निर्धारणको मेकानिजम वा वस्तुको मूल्य रेगुलेटेट छैन। जसले जति राखे पनि हुन्छ। जसले गर्दा नेपालको मूल्य स्थिति तल माथि हुन्छ।’

उनले १२.७ महिनाको आयात र १०.३ प्रतिशत आयात र सेवालाई धान्ने क्षमताको विदेशी मुद्रा सञ्चिति रहेको भन्दै अर्थतन्त्रका यस्ता सकारात्मक पक्षलाई इग्नोर गरेर जान नमिल्ने बताए।

अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजन छिटो टुंग्याउनुपर्ने बताउँदै उनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुंगाउँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .