ad ad

कारोबार


पहिलो ३ महिना : कृषि विकास बैंक घाटामा, अरू कुन बैंक कस्तो अवस्थामा?

पहिलो ३ महिना : कृषि विकास बैंक घाटामा, अरू कुन बैंक कस्तो अवस्थामा?

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १३:३९, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्।

जसअनुसार आधाजसो बैंकको नाफा सामान्य बढ्दा आधाको नाफा घटेको छ। कृषि विकास बैंकको नाफा भने ऋणात्मक देखिएको छ। 

बैंकहरुले प्रकाशन गरेका वित्तीय प्रतिवेदनअनुसार नबिल बैंकको चालू आर्थिक वर्षमा खुद नाफा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ छ। यो नाफा गत वर्षको तुलनामा झन्डै १० करोड कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा उक्त बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो। 

ग्लोबल आईएमई बैंकको नाफा भने बढेको छ। गत आर्थिक वर्षमा १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले यस वर्षको तीन महिनामा १ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको हो। 

हिमालयन बैंकको नाफा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ५ करोड रुपैयाँ भएको छ। गत आर्थिक वर्षमा ५३ करोड रुपैयाँ  नाफा गरेको थियो। 

प्रभु बैंकको नाफा १ अर्ब ३ करोड पुगेको छ। गत आर्थिक वर्ष यसले ७० करोड रुपैयाँ नाफा गरेको थियो। 

नेपाल इन्भेस्ट मेगा बैंकको नाफा १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष यसले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो। 

यस्तै प्राइम बैंकको नाफा १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष प्राइम बैंकको नाफा ८७ करोड रुपैयाँ थियो। 

 माछापुच्छ्रे बैंकको नाफा ५४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष ४५ करोड रुपैयाँ नाफा गरेको थियो। 

एनएमबी बैंकको नाफा ९६ करोड खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यही अवधिमा उसले ९० करोड रुपैयाँ नाफा कमाएको थियो। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८२ करोड रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको तीन महिनामा ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

एभरेस्ट बैंको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्ष ८६ करोडको नाफा रहेकामा यो वर्ष तीन महिनामा ७८ करोड नाफा कमाएको छ। 

सानिमा बैंकको नाफामा पनि घटेको छ। गत आर्थिक वर्षको तीन महिनामा ५४ करोड नाफा गरेको सो बैंकले यो वर्षको सोही अवधिमा ४८ करोड मात्रै नाफा गरेको हो। 

सिटिजन्स बैंकको नाफामा पनि गिरावट आएको छ। गत आर्थिक वर्ष ३ महिनामा ५० करोड नाफा कमाएकामा यो वर्ष सो अवधिमा उसले ४० करोड रुपैयाँ मात्र नाफा गरेको हो। 

यसैगरी नेपाल एसबीआई बैंकको नाफामा १३ करोडको गिरावट आएको छ। गत आर्थिक वर्ष ३ महिनामा ६२ करोड नाफा गरेको सो बैंकले यो वर्ष सो अवधिमा ४७ करोड मात्रै नाफा कमाएको हो। 

राष्ट्रिय वणिजय बैंकको नाफामा मा ठूलो गिरावट आएको छ। गत आर्थिक वर्ष १ अर्ब २४ करोड रहेकोमा यो वर्ष ८५ करोडको मात्रै नाफा देखिएको हो। 

एनआईसी एसिया बैंकको नाफामा समेत ७५ करोडको गिरावट देखिएको छ। गत आर्थिक वर्षको १ अर्ब ७५ करोड नाफा गरेकामा यो वर्ष ३ महिनामा उसले १ अर्ब मात्रै नाफा गर्न सकेको हो। 

कुमारी बैंकको नाफा गत वर्ष ३ महिनामा १ अर्ब रुपैयाँ रहेकामा यो वर्ष सो अवधिमा २६ करोडको मात्रै देखिएको हो।

नेपाल बैंकको नाफा नाफा गत आर्थिक वर्ष ३ महिनामा ६० करोड गरेकामा यो वर्ष सो अवधिमा १४ करोड मात्रै छ।

लक्ष्मी सनराइज बैंकले गत वर्ष ३ महिनामा ५० करोड नाफा कमाएमामा यो वर्ष उक्त अवधिमा १० करोड मात्रै नाफा देखिएको हो। सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ महिनामा ४९ करोड कमाएकामा यो वर्ष ४२ करोडको नाफा कमाएको छ। 

कृषि विकास बैंकको गत आर्थिक वर्ष पहिलो ३ महिनामा २२ करोड नाफा रहेकामा यो आर्थिक वर्षको सो अवधिमा ८८ कारेड ऋणमा देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .