कारोबार


भारतबाट बढेर आयो पेट्रोल र ग्यासको मूल्य, नेपालमा यथावत

भारतबाट बढेर आयो पेट्रोल र ग्यासको मूल्य, नेपालमा यथावत

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार २०:११, काठमाडौँ

भारतीय आयल कर्पोरेशनबाट पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि नेपाली बजारमा भने यथावत राखिएको छ।

नेपाल आयल निगमका अनुसार पेट्रोलमा १.५१ र एलपी ग्यासमा ९३.६० ले वृद्धि भएर आएको थियो। यद्यपि उपभोक्ताको हितलाई मध्यनजर गर्दै अहिलेलाई यथावत राख्ने निर्णय भएको हो। 

नयाँ खरिद मूल्य अनुसार डिजेलमा ३ रुपैयाँ ६३ पैसा घटेको छ। 

आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै बुधबार बिहान १ बजेदेखि लागु हुने गरी भारतबाट आएको नयाँ मूल्यसूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad