ad ad

कारोबार


नेपाल लाइफद्वारा ‘तिमी यो दसैँमा के गर्छौ?’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना

नेपाल लाइफद्वारा ‘तिमी यो दसैँमा के गर्छौ?’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना

नेपालखबर
कात्तिक १, २०८० बुधबार १५:२०, काठमाडौँ

लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दसैँको विशेष अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ।

‘तिमी यो दसैँमा के गर्छौ?’ नामक यस टिकटकको जिङ्गलमा (जिंगलको लिङ्क) सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ।

हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३  प्रतिस्पर्धीहरु छनौट गरी प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ।

प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितियलाई रु. बीस हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ। यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यही कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन्।

दसैँले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन्। कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .