ad ad

कारोबार


ह्वाङझाओ जाने राष्ट्रिय पारा खेलाडी टोलीलाई एनसेलको सहयोग

ह्वाङझाओ जाने राष्ट्रिय पारा खेलाडी टोलीलाई एनसेलको सहयोग

नेपालखबर
असोज ३०, २०८० मंगलबार १६:८, काठमाडौँ

यही कात्तिक ५ गते देखि ११ गतेसम्म चीनको ह्वाङझाओ शहरमा हुन गइरहेको चौंथौ पारा एसियन गेम्समा देशको प्रतिनिधित्व गर्दै सहभागी राष्ट्रिय पारा खेलाडीहरूलाई एनसेलले सहयोग गरेको छ।

आफ्नो ब्राण्ड थिम ‘हामी तपाईंकै लागि’ अन्तर्गत राष्ट्रिय पारा टिमसँग आवद्ध हुन एनसेल अत्यन्तै गौरवान्वित भएको कम्पनीले जनाएको छ।

पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाई कार्यक्रम आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरे।

एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने हाम्रा राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ।

यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा १९ जना नेपाली पारा खेलाडीहरु आफ्नो देशको लागि खेल्नेछन्। एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ।

‘देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपनाप्रति दृढ विश्वासका साथ अघि बढेका हाम्रा पारा खेलाडीहरु अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै छन्। आफ्नो खेल प्रतिको उहाँहरुको लगनशिलता र इच्छा शक्तिको एनसेल हार्दिक सम्मान गर्दछ’ एनसेलले भने, ‘ यही विश्वासलाई अझै एक बलियो साथ प्रदान गदै एनसेलले पारा खेलाडीहरुको समग्र विकास र आवश्यक प्रशिक्षणका लागि एनपीसीसँग सहकार्य गरेको छ।’

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘आज हामी सबैको लागि यो एक गर्वको क्षण हो। हाम्रा पारा खेलाडीहरु हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत हुन्। भिन्न क्षमता भएका वर्गहरुलाई सम्मान गर्दै उहाँहरुको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ। एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरुको विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौँ।’

राष्ट्रिय पारालम्पिक कमिटीका कोषध्यक्ष ओम नाथ शिवाकोटीले भने, ‘देशका विभिन्न कुनामा रहेका हाम्रा पारा खेलाडीहरुको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ। पारा खेलाडीहरुको लागि भएको यो पहिलो सहयोग हो र हामी यस किसिमको पहलको लागि एनसेललाई धेरैै धन्यवाद दिन चाहान्छौँ। हाम्रो यो सहकार्य हाम्रा पारा खेलाडीहरुको हौसला र प्रत्येक खेलाडीहरुमा रहेको आत्म विश्वासको उपज हो र यस सहकार्यलाई थप प्रभावकारी बनाउँदै हाम्रा खेलाडीहरुको मनोबल सदैव उच्च हुने गरी काम गर्न हामी तत्पर छौँ।’

चौंथौ पारा एसियन गेम्स यही कात्तिक ५ गते देखि ११ गतेसम्म चीनको ह्वाङझाओ शहरमा हुन गईरहेको छ। यस खेलको लागि नेपालको प्रतिनिधित्व गदै नेपालका राष्ट्रिय पारा खेलाडी आज राति ह्वाङझाओ प्रस्थान गदै छन्। यस एसिएन गेम्सको लागि चिफ–डि–मिसनको रुपमा एनपीसिका कोषाध्यक्ष ओमनाथ शिवाकोटी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .