विदेशबाट आउने नेपाली बढ्दा एकैदिन ११४ वटा उडान भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार सबैभन्दा बढी उडान भएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीले सोमबार सबैभन्दा बढी अन्तराष्ट्रिय उडान भएको बताए। सोमबार ११४ उडान भएको र १६ हजार ५०९ यात्रुले उडान भरेका छन्।
यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडान हो।
नागरिक उड्डयन प्राधिकरणका चाडपर्वको समयमा हप्तामा ५७ उडान थप गरिएको छ। विदेशबाट नेपाल फर्कने नागरिक बढेको र गैरअवासीय नेपाली काठमाडौंमा जम्मा हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान थप गर्नु परेको छ।
प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार एयर अरेबियाका १९ वटा उडान थप गरिएको छ।
अटम सिजनकोलागि सार्वजनिक गरेको तालीकामा फ्लाई दुबईको ५, भिस्तारा एयरको ७, थाई लायन एयरको १, विमान बंगलादेश एयरलाइन्स ३, बाटिक एयर ११ र एयर चाइनाको २ वटा उडान थप गरिएको हो
Shares

प्रतिक्रिया