केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
सीआईबीले काठमाडौंका राजेन्द्र बुढाथोकीलाई सोमबार गोलढुंगाबाट पक्राउ गरी मंगलबार केन्द्रीय कारागार चलान गरेको हो।
बुढाथोकीले व्यवसाय गर्न भनी मधु बुढाथोकीबाट ५ लाख लिएका थिए। उक्त रकम माग्दा आलटाल गरी नदिएपछि उनले बैंक अफ काठमाडौंमा रहेको आफ्नो खाताबाट भुक्तानीका लागि चेक दिएकामा बाउन्स भएपछि मधुले सीआईबीमा उजुरी गरेकी थिइन्।
राजेन्द्रविरुद्ध असोज २८ मा उच्च अदालत पाटनले ५ लाख जरिवाना र १५ दिन कैदको सजाय सुनाएको थियो। तर उनी फरार हुँदै आएका थिए।

प्रतिक्रिया