ad ad

कारोबार


सरकारले खुलायो क्रसर उद्योगको लाइसेन्स

सरकारले खुलायो क्रसर उद्योगको लाइसेन्स

दीपक भट्ट
असोज २१, २०८० आइतबार १८:३, काठमाडौँ

सरकारले क्रसर उद्योगको लाइसेन्स खुलाएको छ। नयाँ मापदण्ड तयारगरी आइतबार नयाँ लाइसेन्सका लागि आह्वान गरिएको हो। 

उद्योग विभागले भर्खरै क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमनसम्बन्धी प्रक्रिया तथा मापदण्ड तयार गरेको थियो।  

यसमै आधारित भएर नयाँ लाइसेन्स खुला गरेको हो। एक सूचना जारी गर्दै मापदण्ड बमोजिम लाइसेन्सको लागि निवेदन दिन अग्राह भएको छ। 

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘ढुंगा, गिट्टी तथा बालुवा प्रशोधन गर्ने उद्देश्यले पहिले नै निवेदन दिएर र नयाँ उद्योग अनुमति को लागि मापदण्ड अनुसार उद्योग रहने स्थानको टोपोसिट तथा कित्ता नापी नक्सा समेत पेश गर्न सूचना जारी गरिएको छ।’

विभागका अनुसार दर्ता प्रक्रियाका लागि पनि नयाँ मापदण्ड आवश्यक परेकोले गत वर्षदेखि त्यसमा गृहकार्य भइरहेको थियो। उक्त गृहकार्यअनुसार अहिले मापदण्ड कार्यन्वयनमा आएको हो। 

‘क्रसर उद्योगको अनुमति ,दर्ता तथा नियमन सम्बन्धी प्रक्रिया तथा मापदण्ड २०८०’ नाम रहेको मापदण्डले पेस गर्नुपर्ने कागजत र लिनुपर्ने अनुमतिहरूबारे तोकिएको छ।

नयाँ मापदण्डमा दर्ताकै बेला क्रसर उद्योगको अनुमतिका लागि निवेदनसाथ पेस गर्नुपर्ने आवश्यक कागजत, क्रसर उद्योग दर्ताका लागि निवेदनका साथ पेस गर्नुपर्ने कागजात र उद्योगको मापदण्ड लगायत विषयवस्तु तोकिएको छ। 

मापदण्ड अनुसार राजर्माबाट ‘राइड अफ वे’ अर्थात् कति दूरीमा रहेको प्रमाणित कागजात प्रदेश सडक डिभिजन कार्यालयबाट लिइनुपर्नेछ। खोला वा नदी किनारबारे स्थानीय तहबाट प्रमाणित हुनपर्नेछ।  

शिक्षणसंस्था, स्वाथ्य संस्था, पुरातात्वविक संस्था, सुरक्षा निकाय र धार्मिक संस्थाको दूरीसमेत स्थानीय तहले प्रमाणित गर्नुपर्ने उल्लेख छ। अन्तर्राष्ट्रिय सीमाको दूरीसमेत  स्थानीय सरकारले प्रमाण्ति गर्नेछन्। राष्ट्रिय निकुञ्ज तथा आरक्षणाबारे सम्बन्धित डिभिजन वन कार्यालय वा राष्ट्रिय निकुञ्जको कार्यालयले प्रमाणित गर्नुपर्नेछ। 

बिजुलीको हाइटेन्सलाइनबारे विद्युत् प्राधिकरणको कार्यालयल र चुरे पहाडबारे चुरे मधेश संरक्षण समिति वा वन डिभिजन कार्यलयको प्रमाणित पत्र आवश्यक पर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .