ad ad

कारोबार


नेपाल वायु सेवा निगम सुधार्नेसम्बन्धी प्रतिवेदन मन्त्रालयमा बुझाइयो (पूर्णपाठ)

नेपाल वायु सेवा निगम सुधार्नेसम्बन्धी प्रतिवेदन मन्त्रालयमा बुझाइयो (पूर्णपाठ)

नेपालखबर
असोज १७, २०८० बुधबार ९:४१, काठमाडौँ

नेपाल वायु सेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले प्रतिवेदन तयार पारी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा बुझाएको छ।

२०५० सालसम्म उदाहरणीय रहेको नेपाल वायु सेवा निगम त्यसयता विभिन्न कारण नेपाली आकाशमा यसको उपस्थिति कमजोर हुँदै गयो र हाल ऋणको भार र पुँजी अभावले थलापर्ने अवस्थामा पुगेको छ।  

निगमको वर्तमान स्थिति सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न मन्त्रीस्तरीय निर्णयबाट पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ गठन गरिएको हो।

सो समितिलाई आठ क्षेत्रमा अध्ययन गरी सुधारका लागि सिफारिस पेस गर्न कार्यादेश दिइएको थियो। तीमध्ये व्यवस्थापन र संरचनागत सुधार प्रमुख रहेको समितिले जनाएको छ। 

व्यवस्थापन सुधारअन्तर्गत मुख्य रूपमा पुँजी, ऋण अनुपात अवस्था, सञ्चालनमा रहेका विमान, भूमिस्थ सेवा, ऋण उठाउने, बजार व्यवस्थापन, मानव संशाधन आदि कुरा प्रतिवेदनले समेटेको छ। 

‘संरचनागत सुधारमा मुख्य रूपमा निगमको विभाजन, कार्यकारी प्रमुखको नियुक्ति, थप विभाग, नियामक निकायसँगको सम्बन्ध र ऐनमा संशोधन आदि प्रतिवेदनका हिस्सा भएको छ’, प्रतिवेदनमा भनिएको छ। 

प्रतिवेदनअनुसार २०१५ सालमा ३८ लाख लगानीबाट स्थापना गरिएको निगमसँग आर्थिक वर्ष २०७८/०७९ सम्म आइपुग्दा ४ अर्ब ९० करोड ऋणात्मक पुँजी छ। 

सरकारी स्वामित्व रहेका वाणिज्य बैंक सरकारले थप पुँजी लगानी गरेपछि सुधार भएको तथा आवश्यक परेका बेला अन्तर्राष्ट्रिय विमान कम्पनीलाई सम्बन्धित सरकारले पुँजी उपलब्ध गराएको दृष्टान्त दिँदै प्रतिवेदनमा भनिएको छ, ‘यसैलाई मध्यनजर गरी नेपाल सरकारको पूर्ण स्वामित्व भएको निगममा थप पुँजी लगानी गरी निगमलाई प्रतिस्पर्धीहरूबीच प्रतिस्पर्धी लाभ अवस्थामा पुयाउनपर्ने देखिन्छ।’

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .