ad ad

कारोबार


सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

नेपालखबर
असोज १५, २०८० सोमबार १६:६, काठमाडौँ

२०८० सालको दसैँ–तिहारको मौकामा सामसङ नेपालले ‘रमाइलो दसैँ तिहार, मायाले भरौं घर परिवार’ शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ।

४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ। जसमा उत्तिकै आकर्षक क्यासब्याक अफरका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन्।

सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको छ र ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबाैं रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबभन्दा नयाँ सि–सिरिज लाइन–अपहरु उत्तिकै आकर्षक अफरका साथ आफ्नो घरमा ल्याउन सक्छन्। ग्राहकहरुले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउने छन्।

होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने छन्। ग्राहकहरूले दसैँ–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा रु.४१ हजार ६९० को बि४५० साउण्डबार सित्तैमा पाउने छन्।

सन् २०२० को ग्लोबल मार्केट सेयर (चीन बाहेक), ओम्डिया स्टडी जुन २०२१ अनुसार विश्वमा ग्लोबल नम्बर १ रेफ्रिजरेटर ब्रान्डको स्थान प्राप्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .