ad ad

कारोबार


नौ महिनामा भित्रिए ६ लाख ९२ हजार पर्यटक

नौ महिनामा भित्रिए ६ लाख ९२ हजार पर्यटक

फाइल फोटो


नेपालखबर
असोज १४, २०८० आइतबार १४:१४, काठमाडौँ

सेप्टेम्बर महिनामा ९१ हजार १२ पर्यटक हवाई मार्गबाट प्रवेश गरेका छन्। २०२३ को  नौ महिनामा ६ लाख ९२ हजार पर्यटक नेपाल भित्रिएका हुन्।

पर्यटन बोर्डले संकलन गरेको तथ्यांक अनुसार कोभिड माहामारीअघिको तुलनामा ९८.२८ प्रतिशत पर्यटक आएका छन्।

२०१९ मा सेप्टेम्बर महिनामा ९२ हजार ६०४ पर्यटक भित्रिएका थिए। कोभिड माहामारीको समयमा २०२० मा ५८४, २०२१ मा ९ हजार ९०७ नेपाल आएका थिए। गत वर्ष ५८ हजार ३१४ पर्यटक नेपाल आए।

नेपाल भित्रने पर्यटकमा सबैभन्दा बढी भारतीय २८ हजार ६९४ रहेका छन् भने दोस्रोमा चिनियाँ ८ हजार १७४ पर्यटक आए। बढी पर्यटक आउनेमा  अमेरिकाबाट ७ हजार ३६४, बंगलादेशबाट ३ हजार ७१६, अष्ट्रेलियाबाट ३ हजार ६८५, बेलायातबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ पर्यटक भित्रिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .