ad ad

कारोबार


ॐ हस्पिटल र नेपाल एसबीआई बैंकबीच विशेष छुट सम्झौता

ॐ हस्पिटल र नेपाल एसबीआई बैंकबीच विशेष छुट सम्झौता

नेपालखबर
असोज ११, २०८० बिहिबार १८:३, काठमाडौँ

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल एसबीआई बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

बैंकको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपाल एसबीआई बैंकका म्यानेजिङ डाइरेक्टर तथा सिईओ दीपक कुमार डेको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र नेपाल एसबीआई बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत समेत रहेका प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलमले सम्झौता पत्रमा हस्ताक्षर गरे।

समारोहमा नेपाल एसबीआई बैंकका तर्फबाट चिफ अपरेटिङ अफिसर यादवेन्दर कान्त, चिफ बिजनस डेभलोपमेन्ट अफिसर रितेश अर्याल, बिजनश डेभलोपमेन्ट म्यानेजर सुमन सिलवालको उपस्थिति थियो भने ॐ हस्पिटलका तर्फबाट विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारी पनि उपस्थित थिए।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारीहरु तथा योनो नेपाल एसबीआई मोबाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

निःसन्तान दम्पत्तिलाई दाम्पत्य सुख प्रदान गर्ने आईभीएफ सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, स्त्री तथा प्रसुती रोग, ल्यापारोस्कोपिक सर्जरी, जनरल मेडिसिन, दन्त रोग, नेत्र रोग, मानसिक रोग, फोक्सो तथा छाती रोग, मुत्र रोग लगायतका बिषयमा विशेषज्ञ सेवा प्रदान गर्दैआएको छ। मिर्गौला रोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ।

स्वास्थप्रति जागरुक नागरिकहरुकालागि ॐ अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ।

त्यसैगरी, कमलादी काठमाडौंमा कर्पोरेट अफिस रहेको अग्रणी बैंक नेपाल एसबीआई बैंकका देशभर ९४ शाखामा १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्। बैंकले २२ एक्सटेन्सन काउण्टर, ११ शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .