साताको पहिलो कारोबार दिन सेयरबजार १९.४२ अंकले घटेको छ।
आज आइतबार बजार १९.४२ अंकले घटेर २०१०.३५ बिन्दुमा अडिएको छ।
२०२९.७८ बिन्दुमा खुलेको बजार ०.९५ प्रतिशतले घटेको छ। बजार घटेसँगै कारोबार रकम समेत खुम्चिएको छ।
आज नेप्सेमा २ अर्ब ३२ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ३ अर्ब २६ करोडको कारोबार भएको थियो।
कारोबारमा आएका ६२ कम्पनीको सेयरमूल्य बढ्दा १६६ कम्पनीको घटेको छ। त्यसैगरी ३ कम्पनीको स्थिर नै देखिएको छ।
आज कारोबारमा आएका १३ उपसूचक मध्ये माइक्रोफाइनान्स मात्रै बढेको छ।
आज माइक्रोफाइनान्स उपसूचक ०.९९ प्रतिशतले बढेको छ। अन्य १२ उपसूचकमा गिरावट आएको छ।
आज तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको १३ करोड २४ लाखको कारोबार भएको छ।
Shares

प्रतिक्रिया