पोल्यान्डमा निर्मित उत्कृष्ट ब्रान्ड केभिन लेव्रोन सिरिजले नेपालको आधिकारिक विक्रेतामा नेप न्युट्रिसन प्रालिलाई नियुक्त गरेको छ।
नेप न्यूट्रिसन प्रालिले प्रेस विज्ञप्ति जारी गरी ‘यो प्रोटिन शारीरिक व्यायाम गर्ने व्यक्तिहरुले प्रयोग गर्दा शरीरलाई सजिलो तरिकाले पाचन गर्न सकिने र कम मात्रामा मात्र प्रयोग गर्दा पनि शरीरलाई चाहिने ठोस आहारपूर्ण रुपले प्राप्त गर्न सकिने छ’ भनेको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस प्रोटिनमा पाईने अमिनो एसिडले व्यायाम गर्ने व्यक्तिहरुको मांसपेसी बढाउने र कमजोर मांसपेसिलाई बलियो बनाउन मद्धत गर्छ भने यसको प्रयोगले पाचन शक्तिलाई समेत बलियो बनाउँछ।’
केभिन लेव्रोन अमेरिकन आईएफविवि हल ओफ फेमरका व्यावसायिक शारीरिक सुगठन खेलाडी हुन्। उनले आफ्नो व्यावसायिक पेशामा ६८वटा खेलमा प्रतिस्पर्धा गरिसकेका छन्।
अहिले लेव्रोन नेपालमा आयोजना हुन लागेको चौथो मिस्टर बुल्समेन प्रतियोगितामा प्रमुख अतिथी भएर आएका छन्। साथै उनले केभिन लेव्रोन सिग्नेचर सिरिजको ब्रान्डिङ र प्रवर्द्धन तथा बजार व्यवस्थापनको लागि आफ्नो सहभागिता जनाउनेछन्।
Shares
प्रतिक्रिया