ad ad

कारोबार


स्वदेशी उत्पादन बढाउन राठीकोल र आइडिया नेपालबीच सम्झौता

स्वदेशी उत्पादन बढाउन राठीकोल र आइडिया नेपालबीच सम्झौता

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १६:४३, काठमाडौँ

राठी एडेसिभ प्रालि र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया) सहकार्य गर्ने सम्झौता भएको छ। 

शुक्रबार एक कार्यक्रमका दुवै संस्थाबीच नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै बजारमा स्थापित गर्न उक्त सम्झौता गरिएको हो। 

राठीका प्रमुख योगेश राठीले दुवैको उद्देश्य एउटै भएकाले सहकार्यको सम्झौता भएको बताए। 

‘राठीले विदेशी उत्पादनलाई कम गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै लैजान ३५ वर्षदेखि एडेसिभ उत्पादन गरिरहेको छ’, सम्झौताका  क्रममा उनले भने, ‘ हामीले बढ्दो व्यापार घाटा घटाउन आइडिया नेपालसँग सहकार्य गरेका हौँ। राठीकोल नेपालको उत्कृष्ट ब्राण्ड हो। यसलाई अझ उचाइमा पुर्‍याउने साझा लक्ष्य हो।’

आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठीकोलका उत्पादनहरू कम्पनीले भनेअनुसार उच्च गुणस्तरका रहेकाले सहकार्य गर्ने निर्णय गरेको बताए। 

‘राठीले इन्टेनियर डिजाइनलाई सुलभ मूल्यमा अन्तराष्ट्रिय गुणस्तरमको उत्पादनहरू देशैभर आफ्ना विक्रेताहरूमार्फत उपलब्ध गराउनेछ’, श्रेष्ठले भने, ‘नेपालमै बनेका इन्टेरियर सामाग्रीलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई बढवा दिने काम हाम्रो कम्पनीबाट हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .