ad ad

कारोबार


प्लाष्टिक भनेर काजु र कपडा छिराउन खोज्नेलाई मुद्दा चलाउने तयारी

प्लाष्टिक भनेर काजु र कपडा छिराउन खोज्नेलाई मुद्दा चलाउने तयारी

नेपालखबर
भदौ १५, २०८० शुक्रबार १९:४१, काठमाडौँ

भैरहवा भन्सारबाट प्लाष्टिक भनेर काजु र कपडा छिराउन खोज्नेलाई मुद्दा चलाउने तयारी गरिएको छ।

भन्सार कार्यालयका अनुसार उक्त सामानको मालिक चितवनका राजु भनिने राजेन्द्र थापा हुन सक्ने देखिएको छ। जस अनुसार उनलाई पक्राउ पुर्जी समेत जारी भैसकेको छ।

भन्सारलाई झुक्याउन खोजेको, किर्ते गरेको, राजस्व चुहावट गर्न खोजेको आरोपमा मुद्दा चलाउने तयारी भएको हो।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलका अनुसार दुई वटा ट्रक र त्यसका चालक सहचालक पक्राउ परिसकेका छन्।

गत भदौ ८ गते भन्सार विभागले लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रकमा प्लास्टिकको कच्चा पदार्थ भनिएको ट्रकभित्र अवैध कपडा र काजु भेटिएको थियो। भन्सार कार्यालय भैरहवाले भन्सार यार्डमा नै उक्त वस्तु समातेको थियो। तर भन्सार एजेन्टले भने सो सामान प्लास्टिको कच्चा पदार्थ भएको प्रज्ञापन देखाएका थिए।

यसको अनुसन्धान गर्न भन्सार विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लाई आग्रह गरिएको भन्सार प्रमुख पौडेल बताउँछन्। तर सीआईबीले सानो केस भएको भन्दै जिल्ला प्रहरी रुपन्देहीले हेर्न सक्ने बताएको छ। जस अनुसार जिल्ला प्रहरीको नै सहयोग लिइएको भन्सार प्रमुख पौडेलको भनाई छ।

राजु भनिने राजेन्द्र थापा भने यसअघि पनि विवादमा तानिसकेका व्यक्ति हुन्। आर्थिक वर्ष २०७२।७३ मा राजस्व अनुसन्धान विभागले तीन ट्रक अवैध कपडा बरामद गरी थापालाई समेत थुनामा राखेको थियो। 

त्यस समयमा उनी विरुद्ध ३ करोड ४३ लाखको मुद्दा दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .