पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रादेशिक क्रिकेट संघ, बागमतीको नवनिर्वाचित अध्यक्ष पारस खड्कालाई बधाइ दिएका छन्।
सामाजिक सञ्जालमार्फत खड्कालाई बधाई दिँदै ओलीले यसअघि पारसलाई भेट्दा व्यवस्थापन र प्रशासनिक पक्षको सुधार गर्ने कुरा गरेको स्मरण गरेका छन्।
‘पारस खड्कासँग कहिलेकाहीं कुरा हुँदा क्रिकेट खेलको सफलताका लागि यसको व्यवस्थापन वा प्रशासनिक पक्षको सुधार गर्नु पर्ने कुरा हुन्थ्यो। आज मैले सुनें– उहाँ बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ। उहाँ पहिला क्रिकेट मैदानको क्याप्टेन, अब क्रिकेट प्रशासनको क्याप्टेन,’ ओलीले भनेका छन्।
135
Shares
प्रतिक्रिया