ad ad

कारोबार


कार्यान्वयन चरणमा प्रवेश गर्‍यो एमसीसी परियोजना

कार्यान्वयन चरणमा प्रवेश गर्‍यो एमसीसी परियोजना

एमसीसी कार्यान्वयन चरणमा लैजानै क्रममा अर्थमन्त्री प्रकाशशरण महत र परियोजनाका उपाध्यक्ष क्यामेरोन अल्फोर्ड। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ १३, २०८० बुधबार १६:४२, काठमाडौँ

मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र  एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरे।

यससँगै अब यो परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो।

पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले एमसीसी परियोजनामार्फत गरिने सडक स्तरोन्नति तथा विद्युत आपूर्तिसम्बन्धी कामले नेपाली जनता लाभान्वित हुने बताए।

उनले विद्युत् प्रशारण आयोजना र सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भको घोषणा गर्न पाएको भन्दै खुशी व्यक्त गरे।

यससँगै एमसीसी परियोजनाले तोकिएको काम, कारबाहीहरु प्रारम्भ गर्नेछ। यो परियोजनाको रकम अबको ५ वर्षमा खर्च गरिसक्नु पर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .