ad ad

कारोबार


तरलता धेरै सहज भइसकेको छैन, बैंकहरुको नाफामा धक्का लाग्न सक्छ : अध्यक्ष केसी

तरलता धेरै सहज भइसकेको छैन, बैंकहरुको नाफामा धक्का लाग्न सक्छ : अध्यक्ष केसी

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८० मंगलबार १७:१६, काठमाडौँ

नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले प्राणालीमा लगानीयोग्य रकम (तरलता) राम्ररी सहज नभएको बताएका छन्। 

मंगलबार नेपाल बैकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केसीले बजारमा भनिएझैँ अधिक तरलता रहेको बताएका छन्।

राष्ट्र बैंकले गरेको कर्जा असुलीसम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुको नाफामा ठूलो धक्का लाग्न सक्ने उनले बताए।

केसीले कर्जा असुलीबारे राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले बैंकको खराब कर्जा बढेर त्यसले नाफामा असर गर्ने बताए ।

‘अब बैंकहरूको नाफामा ठूलो धक्का लाग्छ। आरओई घटिरहेको छ’, केसीले भने। जग्गामा हदबन्दी लागेजस्तै अवस्था बैंकमा पनि लागू हुने अवस्था आइरहेको भन्दै त्यसले बैंकलाई समस्या हुन सक्ने केसीले बताए।

उनले वित्तीय प्रणालीमा तरलता कायम गर्न स्थानीय तहको रकम गणना गर्न पाउनु पर्ने केसीले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .