नेपाल नागरिक उड्डयन प्राधिकरणले स्रिमिक एयरका सञ्चालक क्याप्टेन रामेश्वर थापालाई १० हजार जरिवाना तिराएको छ।
प्राधिकरणको उडान सुरक्षा मापदण्ड पालना नगरेको कारण देखाउँदै १० हजार जरिवाना तिराएको हो।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले कारबाही भएको पुष्टि गरे।
‘सिम्रिक एयरका अध्यक्षले उडान सुरक्षा र प्राधिकरणले सोधेको स्पष्टीकरण समेत पेश नगरेकाले कारबाही गरिएको हो,’ प्रवक्ता निरौलाले भने।
रामेश्वर थापा नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष समेत हुन्।
75
Shares
प्रतिक्रिया