लघुवित्त वित्तीय संस्थाको नाफा तीन गुणाले घटेको छ। गत वर्ष ब्याजदर आम्दानी बढाउन सफल लघुवित्त वित्तीय संस्थाको नाफा ३ गुणाले घटेको हो।
गत वर्ष लघुवित्त वित्तीय संस्थाले ४ अर्ब ७८ करोड ३ लाख खुद नाफा गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा लघुवित्त वित्तीय संस्थाले १२ अर्ब ३७ करोड ६ लाख रुपैयाँ नाफा गरेका थिए।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष लघुवित्तको ब्याज आम्दानी भने बढेको छ। गत वर्ष लघुवित्तहरुले ६१ अर्ब ७० करोड ७ लाख ब्याज आम्दानी गरेका छन्।
अघिल्लो वर्ष सोही अवधिमा लघुवित्त संस्थाहरुले ५९ अर्ब ९८ करोड ५ लाख ब्याज आम्दानी गरेका थिए।
लघुवित्त वित्तीय संस्थाको मुख्य आम्दानी स्रोत नै ब्याज आम्दानी हो। ब्याज आम्दानी बढ्दा पनि नाफा भने उल्लेख्य मात्रामा घटेको छ।
यता लघुवित्तको फि–आम्दानी भने उल्लेख्य मात्रामा घटेको छ। अघिल्लो वर्ष १ अर्ब ४४ करोड फि आम्दानी गरेका लघुवित्तले गत वर्ष ६१ करोड ८ लाख फि–आम्दानी गरेका हुन्।
फि आम्दानी उल्लेख्य मात्रामा घटेको लघुवित्तको कर्जा नोक्सानी (प्रोभिजन) बढ्दा नाफा उल्लेख्य मात्रामा खुम्चिएको हो। साथै, रिकोभरीमा समेत समस्या आउँदा नाफा घटेको उनीहरुको भनाई छ।
Shares
प्रतिक्रिया