उद्योगी व्यवसायीहरुले स्वदेशी उद्योगीले उत्पादन गरेको जलविद्युत विदेशमा विक्री गर्न नसकिने कानून रहेको भन्दै त्यसमा पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले स्वदेशी उद्यमीहरुले उत्पादन गरेको विद्युत विदेशमा विक्री गर्न नमिल्ने कानून रहेकाले आफूहरु विदेशमा कम्पनी स्थापना गरी त्यसकै नाउँबाट जलविद्युत परियोजना निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहको बताए।
उनले भने ‘हामीहरुले अहिले स्वदेशी उद्यमी भएर काम गर्दाखेरी १८ वटा विभिन्न ऐन नियम कानून कार्यविधिहरु स्वदेशी हुँदा नपाउने छ। स्वदेशीलाई विदेशीले भन्दा बढी चाहियोस् होइन की विदेशीहरु जत्तिको चाहियोस वा त्यसको छेउछाउ पुग्यो भनेपनि हामी धेरै गर्न सक्छौं। अहिले हामीलाई चाहिं स्वदेशी हुँदाखेरी हाम्रो विजुली निर्यात गर्न नपाउने ऐन कानून नियम छ भनेर लिखित रुपमा दिइएको छ। विदेशी हुँदा मात्रै पाउने त्यसैले हामीले उतै कम्पनी खोलेर आएर उत्पादन गर्ने अवस्था रहेको छ। यस्ता विभेदकारी नियमहरु हेरियोस् समयमा हेरियोस र राज्यले प्रतिवद्धता गरेका कुराहरु जुन प्रतिवद्धता गरेका ३ हजार ३५ सय मेगावट कन्स्ट्रक्सनमा छन् ति आयोजनाहरु तत्काल बन्न सक्थे।’
Shares
प्रतिक्रिया