ad ad

कारोबार


सिनामंगलबाट बरामद सुन आज गालिँदै, अझै घट्नसक्ने

सिनामंगलबाट बरामद सुन आज गालिँदै, अझै घट्नसक्ने

नेपालखबर
साउन ३०, २०८० मंगलबार १०:२३, काठमाडौँ

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। उनका अनुसार सुन गाल्ने काम साढे १० बजे सुरु हुने छ। 

यसअघि हिजो (सोमबार) ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुनको तौल ६० किलो ७ सय ८९ ग्राम छ। गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ। 

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए। त्यसका लागि केही दिन लाग्नेछ। त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ। 

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो। त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०लाई दिएको थियो। उक्त घटनामा अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .