नाडा अटो शोमा सेरेस–३ विद्युतीय गाडी सार्वजनिक हुने भएको छ। भदौ अन्तिम साता भृकुटीमण्डपमा हुन लागेको अटो शोमा एमएडब्लू वृद्धि अटोकर्पले सेरेस ३ सार्वजनिक गर्ने भएको हो।
सेरेल ९९ किलोवाट अधितम मोटर पावर रहेको छ। गाडीमा ब्याट्री ५२.७ किलोवाटको रहने छ। एक पटकको चार्जमा ४०५ किलोमिटरसम्म कुद्ने कम्पनीले जनाएको छ।
ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ।
चिनियाँ सोकोन इन्डस्ट्रिज ग्रुपले नयाँ विद्युतीय गाडी बिक्री गरेको छ। विश्वभर ७० देशमा सेरेस ब्रान्डको उपस्थिती रहेको छ। सेरेसले चीनसँगै अमेरिका र जापानसँग मिलेर विद्युतीय गाडीको विषयमा अध्ययन अनुसन्धान गरिरहेको छ।
अटो शोमा सार्वजनिक गर्न लागेको मोडलमा ६ एयरब्याग, ईएसपी, इबीए/ईबीडी, हिललञ्च एसिस्टेन्स, अटो होल्ड, लेन डिपार्चर वार्निङ, क्रुज कन्ट्रोल, ३६० क्यामेरा लगायतका सुविधा रहेका छन्।
सेरेसले हुवावेसँग समन्वयगरी प्रविधि प्रयोग गरी कनेक्टिभीटी, स्मार्ट टेक्नोलोजी र डिजिटल सहयोग लिइरहेको छ। सेरेर ३ मा १०.२५ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, प्यानारोमिक सनरुफ, एलइडी हेडलाइट, मल्टि ड्राइभ मोड लगायतका विषेशता रहेका छन्।
एमएडब्लु ग्रुप नेपालमा स्कोडा, जिप, जेसिबी, यामाहा, चांगन एन्ड फोटन लगायतका ब्रान्ड रहेका छन्।
Shares

प्रतिक्रिया