ad ad

कारोबार


अब विमानस्थल सञ्चालन समयमा मात्रै हवाई उडान

अब विमानस्थल सञ्चालन समयमा मात्रै हवाई उडान

नेपालखबर
साउन २८, २०८० आइतबार १८:३०, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उड्डयनलाई सुरक्षित बनाउन विमानस्थलको सञ्चालन समयमा मात्रै उडान गर्न दिने निर्णय गरेको छ।

नेपाली आकाशमा नियमित दुर्घटना भएकाले सेप्टेम्बरसम्म उडान सुरक्षाको नयाँ मापदण्ड तयार गरिएको प्राधिकरणले जनाएको हो।

प्राधिकरणको निर्णयले पहाडी र दुर्गम जिल्लामा उडान प्रभावित भएका छन्। हवाई व्यवसायीसँगै स्थानीयबाट विरोध भएपछि प्राधिकरणले स्पष्टीकरण दिएको छ।

‘हवाई यात्रा गर्दा स्वदेशी तथा विदेशी नागरिकले आफ्नो ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यले मनसुन अवधिभरको लागि मात्र उडान सुरक्षा मापदण्ड लागू गरिएको,’ प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भनेको छ,‘दुर्गम पाहाडी जिल्लामा विमानस्थलको सञ्चालन समय भित्र मौसमी अनुकुलतामा नियमित उडान सञ्चालन हुँदै आएको छ।’

प्राधिकरणले त्यसबाहेक अत्यावश्यक, उद्दार तथा विशेष प्रकारका जहाज÷हेलिकप्टरको उडानमा कुनै पनि प्रकारको समयसिमा तथा नियमनम प्रतिबन्ध लागू नभएको जानकारी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .