ad ad

कारोबार


नेप्सेसँगै बढ्यो कारोबार

नेप्सेसँगै बढ्यो कारोबार

नेपालखबर
साउन २८, २०८० आइतबार १५:१९, काठमाडौँ

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ। आज १४.८१ अंकले बढेको परिसूचक २०८०।८६ विन्दुमा पुगेको हो।

आज नेप्सेसँगै कारोबार रकम बढेको छ। आज नेप्सेमा ३ अर्ब १ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) नेप्सेमा २ अर्ब १२ करोडको कारोबार भएको थियो।
आज कारोबारमा आएका चार उपसमूह घटेको छ। ९ उपसमूह भने बढेको छ। आज माइक्रोफाइनान्स सबैभन्दा बढी ०.३४ अंकले घटेको छ। त्यसैगरी होटल एण्ड टुरिजम भने सबैभन्दा धेरै १.८७ अंकले बढेको छ।

आज कारोबारमा आएका मध्ये १०० कम्पनीको सेयरमूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ। पाँच कम्पनीको सेयरमूल्य भने स्थिर नै छ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यसैगरी आजै कारोबारमा आएको घोराहि सिमेन्टको सेयरमूल्य सर्वाधिक ९।९९ प्रतिशतले घटेको छ।

आज घोराही सिमेन्टको सर्वाधिक २३ करोड १५ लाखको कारोबार भएको छ।

आज माछापुच्छ्रे बैंकको सेयरमा सर्वाधिक खरिद माग थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .