कारोबार


सीजी नेटले ल्यायो आरआर अफर

सीजी नेटले ल्यायो आरआर अफर

नेपालखबर
साउन ९, २०८० मंगलबार २१:२९, काठमाडौँ

नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनीले सीजी नेटले आरआरआर (रिफर, रिदीम, रिपिट) नामक अफर ल्याएको छ। जुन अफर अन्तर्गत सीजीनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउने कम्पनीले जनाएको छ। 

साथै, सोही अफर अन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउने कम्पनीले बताएको छ। 

आरआरआर अफर अन्तर्गत  रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको निस्शुल्क इन्टरनेट प्राप्त गर्ने मौका बताइएको छ। 

यसका साथै ३ जना सम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिने बताइएको छ। 

कम्पनीका उत्पादन प्रबन्धक करुणेश गुप्ता भन्छन्, ‘हामी हाम्रा मूल्यवान ग्राहकहरूलाई आरआरआर अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौं र हाम्रा हितैषी ग्राहकहरूलाई उहाँहरूको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाहरूको बारेमा प्रचार गरेकामा पुरस्कृत गर्नु पर्दछ भन्ने कुरामा विश्वास राख्दर्छौं।’

४५ दिनसम्म चल्ने यसअफरले ग्राहकहरूलाई आफ्ना साथी, परिवार र सहकर्मीहरूलाई सीजीनेटको परिवारमा सामेल हुन निमन्त्रणा गर्न र यस सुनौलो अवसरको फाइदा उठाउन हौसला प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad